१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमा राजनीति गर्नुहुँदैन:मन्त्री राई



अ+ अ-

बाँके । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”

उहाँले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौँ भन्दै बाँके जिल्लाको विकासमा आप्mनो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताउनुभयो । उहाँले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोल्नुभएको थियो । एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो ।