१६ असार २०८३, मंगलवार
,
Latest
संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश



अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाएका छन् ।मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गरेका हुन्।

इराकको कारबाला नगरमा केही समयअघि भएको यो घटनाबाट कैयौँ नागरिकको ज्यान गएको घटनाले आफूलाई निकै दुःखी तुल्याएको उनले दिएको सन्देशमा उल्लेख भएको समाचारमा जनाइएको छ । उनले इराकी राष्ट्रपतिमार्फत इराकी नागरिकमा समवेदना व्यक्त गर्दै उक्त दुर्घटनामा परी ज्यान गुमाउने नागरिकका आफन्तहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति जिनपिङले उक्त हिंसात्मक घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि सो समाचारमा जनाइएको छ । त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि इराकी प्रधानमन्त्री अदेल अब्दुल महादीमार्फत इराकी नागरिकलाई समवेदना सन्देश पठाएका छन् ।