२७ श्रावण २०८३, बुधबार
,
Latest
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । अन्तरराष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि १२ अगस्टमा दिवस मनाउने गरिँदै आएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तरराष्ट्रिय युवा दिवस मनाइन्छ ।