११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

गण्डकीका १६ कानुनी तथा प्रशासनिक गाँठो फुकाउन सङ्घको ध्यानाकर्षण गराइने

गण्डकीका १६ कानुनी तथा प्रशासनिक गाँठो फुकाउन सङ्घको ध्यानाकर्षण गराइने
अ अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेश सरकारले विकास निर्माण तथा अधिकार क्षेत्रसँग सम्बन्धित १६ वटा कानुनी तथा प्रशासनिक जटिलता समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको १५औँ बैठकले प्रदेशमा देखिएका १६ समस्या राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्ने निर्णय गरेको हो । मंगलबार बसेको बैठकले विशेषगरी कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँट, प्रशासनिक अधिकार र विकास निर्माणसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या समाधानका लागि सङ्घीय सरकारसँग आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न आग्रह गरिनेछ ।

बैठकले कृषि आयमा कर लगाउने संवैधानिक अधिकार स्पष्ट पार्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । कृषि फार्ममार्फत कर उठाउने विषयमा देखिएको अन्योल हटाउन नीतिगत स्पष्टता आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

त्यस्तै, सवारी जरिवानाबापतको रकम हाल सङ्घीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था परिवर्तन गरी प्रदेश सञ्चित कोषमा ल्याउनुपर्ने माग गरिएको छ । प्रहरी कार्यालयमार्फत हुने जरिवाना असुलीलाई प्रदेश मातहत ल्याउन कानुनी व्यवस्था गर्नुपर्ने विषय पनि बैठकले अघि सारेको छ ।

सरकारी कामकाजमा प्रयोग भइरहेका जिआइओएमएस, टिएसए र आरएमआइएसजस्ता विद्युतीय प्रणालीलाई समयसापेक्ष परिमार्जन तथा सुदृढीकरण गर्नुपर्ने विषयलाई पनि कार्ययोजनामा समेटिएको छ ।

ढुङ्गा, गिट्टी र बालुवालगायत नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त राजस्व बाँडफाँटमा देखिएको विवाद समाधानका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ (क) संशोधन गर्न प्रस्ताव गरिएको छ । सडक पूर्वाधार निर्माणका क्रममा आसपासका जग्गाबाट निकालिने सामग्रीको रोयल्टी प्रदेश कानुनबमोजिम हुने व्यवस्था गर्न सार्वजनिक सडक ऐन, २०३१ संशोधन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

“सडक र वन ऐनबीच तालमेल नमिल्दा विकासका काम रोकिएका छन्, यसलाई राष्ट्रिय समन्वय परिषद्मा लैजानेछौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

प्रदेशले आफ्नो क्षेत्रभित्र पर्ने अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई नै दिनुपर्ने माग पनि दोहोर्याएको छ । एकीकृत सहव्यवस्थापनको स्पष्ट मोडालिटीसहित अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

सामुदायिक वनबाट प्राप्त आम्दानीको हिस्सा प्रदेश सञ्चित कोषमा दाखिला गर्ने विषयमा सङ्घीय र प्रदेश ऐनबीच देखिएको विरोधाभास अन्त्य गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

सञ्चार क्षेत्रको दोहोरो झन्झट हटाउन प्रदेशबाटै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गर्ने व्यवस्था मिलाउन सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । त्यस्तै, अन्तर–प्रदेश रुट इजाजत दिने अधिकार प्रदेश मातहतका कार्यालयलाई प्रत्यायोजन गर्नुपर्ने विषय पनि राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गरिने मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।