काठमाडाैँ । स्याङ्जामा ७६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–४ का २१ वर्षीय रोशन बि.क.लाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार परिवर्तित नाम (२०८३/०८४) लाइ ७६ वर्षीया महिला घरमा एक्लै रहेको मौका छोपी आरोपितले जबरजस्ती करणी गरेको उजुरी परेको थियो। घटनापछि बि.क.लाई साउन २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बि.क.विरुद्ध स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











