२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ

निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निजले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर डिभाइस रहेको भनी झुठ्ठा प्रचारप्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाइ, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्याकर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जिपिएस ट्रर्याकर डिभाइस बरामद गरेको छ । निजलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

जुवा खेलिरहेको अवस्थामा नगदसहित १६ जना नियन्त्रणमा

प्रहरीले आज बिहान जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद रु १३ लाख बढी र कौडासहित १६ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।

काभ्रेपलान्चोक, खानी खोला गाउँपालिका–६ का ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय सुमन गिरी, दोलखा, सुरी गाउँपालिका–६ की ४५ वर्षीया हेमा गुरुङ, चितवन, कालिका नगरपालिका–९ की ४० वर्षीया शान्ता लामा, काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिका–१० का ४० वर्षीय नवराज नेपाल, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का ३८ वर्षीय अमर तामाङ, नुवाकोट, ककनी गाउँपालिका–६ का ४० वर्षीय रमन लामा, नुवाकोट, ककनी गाउँपालिका–६ का ३७ वर्षीय नवीनकुमार लामा, सोही ठाउँका ३३ वर्षीय सन्तोष डङ्गोल, ३९ वर्षीय चित्रबहादुर लामा, ६२ वर्षीय मङ्गलबहादुर तामाङ, झापा, कनकाई नगरपालिका–५ का ४३ वर्षीय टीकाराम बराल, ललितपुर महानगरपालिका–१४ का ४८ वर्षीय उमेश चौधरी, नुवाकोट, शिवपुरी गाउँपालिका–६ का ३४ वर्षीय सुजन तामाङ, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३५ वर्षीय सरोज गिरी तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ का यसबहादुर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज अन्दाजी ६ः१२ बजेको समयमा काठमाडौँ महानगरपालिका–२७ स्थित गाउँवेशी थकाली भान्साघरमा कौडा खेलिरहेको भन्ने सूचना आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी जाँच गर्दा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले कौडा थान १६ र नगद रु १३ लाख १७ हजार १२५ फेला पारी नियन्त्रणमा लिइ प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो । रासस