२६ श्रावण २०८३, मंगलवार
,
Latest
सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गर्नुभयो ।

शर्माले प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा मात्रै सुरक्षित र सुदृढ हुने बताउनु भयो । सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने दलहरूको कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गर्नुभयो । प्रधानमन्त्री संसद र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ । गुप्तवासमा नबस्नुहोस् । तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसदमा आउँदा सांसद र सिंगो संसद तपाईंको साथमा हुन्छ । तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसदले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद नै तपाईंको विपक्षमा उभिन्छ । जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसदबाट टाढा भएर सरकार चलाउन सकिँदैन । त्यसैले संसदसँग निरन्तर संवाद र सहकार्य गर्न म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु । साथै, प्रधानमन्त्रीज्यूका पछिल्ला अभिव्यक्तिका सम्बन्धमा सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गराउँदै, आवश्यक भए प्रधानमन्त्रीज्यूलाई संसदमा उपस्थित गराई आफ्नो अभिव्यक्ति सच्याउन र संसदको अभिलेखमा समेत आवश्यक सुधार गर्न रुलिङ गर्न अनुरोध गर्दछु ।’

सांसद शर्माले प्रधानमन्त्रीको पछिल्लो समयका केही अभिव्यक्तिहरू विवादास्पद रहेको उल्लेख गर्दै ती अभिव्यक्ति सच्याउन सभामुखको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रधानमन्त्रीलाई आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न र उक्त भनाइहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन समेत सभामुखसँग माग गर्नुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै