२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार



अ+ अ-

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो ।

‘हामी सबैको एउटै ध्यान, गुुणस्तर शिक्षा, असल ज्ञान’ भन्ने मूल नाराका साथ छ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३०० बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ बुँदाको शिक्षा सुधार लागि जिम्मेवारीसहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्ययोजनामा शिक्षक, अभिभावक, राजनीतिक, स्थानीय तह, सङ्घसंस्थालगायतले शिक्षाको विकासमा खेल्नुपर्ने जिम्मेवारी तोकिएको गाउँपालिकाको भनाइ छ । सबैबाट आएका विषयवस्तुलाई समेटेर तयार गरिएको उक्त शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षरसमेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय सरकार सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको बताउँदै उनले शिक्षाको विकासका लागि सबैको साथको आवश्यकता रहेको समेत औँल्याए ।