१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डले भने : ‘बिआरआई कार्यान्वयनमा नेपालको सक्रियता भएन’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिआरआईको तयारीमा नेपालको पक्षबाट सक्रियता कम भएको स्विकारेका छन् ।

आइतबार राजधानी काठमाडौंमा नेपाल बुद्धिजिवी संगठनले आयोजना गरेको बिआरआई संवाद बिचार गोष्ठीमा अध्यक्ष प्रचण्डले विश्व शान्ति,मानव जातिको सुखका लागि बिआरआइलाई व्यापक रुपमा स्विकार्य गरिएको बताए। प्रचण्डले बिआरआई परियोजनाको उद्देश्य सैन्य गठबन्धन नभै बरु विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको बताए ।

‘बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामुहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ प्रचण्डले भने, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बिआरआईको मक्सद विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’

अध्यक्ष प्रचण्डले दुई तिहाई जनसङ्ख्याले बिआरआईलाई सकारात्मक लिनु पछाडिको कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताए ।

‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामूहिक धारणा र कलेक्टीभ एफोर्टको कुरा गरेको छ । हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ’, प्रचण्डले भने, ‘हाम्रो लागि बिआरआई आवश्यक छ । किनभने यसले रोड कनेक्टीभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेशन कनेक्टीभिटी र संरचनागत कनेक्टीभिटी लगायत विशाल परियोजनामासमेट्न खोजिएको छ ।’

प्रचण्डले बिआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्वीकार्दै अब सही समय आएको बताए ।