२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत



अ+ अ-

बैतडी । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो । उक्त कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले रू ५० हजारका दरले रु एक लाख ५० हजार राहत उपलब्ध गराएको प्रजिअ आनन्द पौडेलले जानकारी दिनुभयो ।

वन कार्यालयका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि रु ५० हजार राहत दिने र पछि रू १० लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताउनुभयो ।

यस्तै राहत वितरणका साथै प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको थियो । अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण गर्नुपर्ने वा मार्नका लागि अख्तियारी दिनुपर्ने माग गरेका थिए । प्रभावित क्षेत्रमा बिजुलीबत्ती पुर्याउन तथा तत्काल सोलारको व्यवस्था गर्न पनि माग गरिएको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिनुभयो ।

स्थानीयवासीको मागको सम्बोधन गर्दै प्रजिअ पौडेलले गृह मन्त्रालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागका विज्ञ टोली पठाउनका लागि आग्रह गरिएको बताउनुभयो । तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतङ्कका सम्बन्धमा पनि जिल्ला प्रशासनले चासो लिएकोसमेत उहाँले बताउनुभयो ।

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणवाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।