१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै



अ+ अ-

काठमाडौँ । राजधानीको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर चेक जाँच गर्दा नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् ।

उनलाई १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।