२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण : सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रँदै यी मन्त्री



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले एनसेल लाभ प्रकरणमा मुलुकलाई २३ अर्ब ५७ करोडभन्दा बढी घाटा भएको भन्दै मन्त्रीको नेतृत्वमा सडक प्रदर्शन हुने भएको छ।

सर्वोच्च अदालतको फैसलाविरुद्ध समाजबादी पार्टी नेपाल प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा प्रदर्शन गरिन लागिएको हो।

‘विदेशी कम्पनीलाई अर्बौं रकम छुट दिँदै जाने हो भने नेपाल आर्थिक रुपमा असफल देशको सूचीमा पर्ने धेरै समय कुनु नपर्ने, एनसेल कर असुलीमा लापरवाही गर्नेमाथि छानबिन गर्न र एनसेलबाट कर तिर्न लगाउनका लागि एक शक्तिशाली न्यायिक आयोग गठन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको हो।

गत २०७५ माघ २३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले लाभकर तिर्नुपर्ने दायित्व आजियाटा एनसेलकै भएको निर्णय गरेको थियो तर निर्धारित ६१ अर्बभन्दा कम लाभकर तिर्नुपर्ने भन्दै पुनः सर्वोच्च अदालतले गत भदौं ९ गते फैसला गर्दा अर्बौंको राजस्व गुम्न गएको छ।

‘विगतको सरकारले यस प्रकरणमा कर दायित्व नेपालबाट भागिसकेको टेलियासोनेराको रहेको निर्णय सुनाउँदै उन्मुक्ति दिने प्रयास गर्नु, संसदको विकास र अर्थ समितिले पनि उन्मुक्तिलाई सघाउ पुग्ने निर्णय सुनाउन र सर्वोच्च अदालतको निर्णयविरुद्ध संसदमा महाअभियोगको आवाज उठनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको’ पनि ठहर गरेको छ।