२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ लडाकूद्धारा आत्मसमर्पण



अ+ अ-

अफगानिस्तान । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् ।

देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन्
स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा बाद्ख्शान प्रान्तको यम्गान जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारी बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो ।

प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजारभन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएक अधिकारीहरुले जनाएका छन् ।

यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट ९आइएस० लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।