१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयो सरर, के गर्छ काम



अ+ अ-

काठमाडौं । टुटल र पठाओपछि राइड सेयरको लागि टेक फर नेपाल प्रालीले सरर ल्याएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो।

सरर अहिले परीक्षणको रूपमा सञ्चालन हुँदै आएको र अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालका अपरेसन म्यानेजर सन्तोष बिमनीले जानकारी दिए।

यो एपबाट सेवा लिँदा १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटर १३ रुपैयाँ पर्ने उनले जानकारी दिए।

त्यस्तै चालकको रूपमा आवद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्नेछ।