२१ श्रावण २०८३, बिहीबार
,
Latest
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न



अ+ अ-

काठमाडाैँ । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन ।

यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर, लमही नगरपालिकामा तीन हजार २५० हेक्टरमा धानखेती गरिन्छ ।

त्यसैगरी, राप्ती गाउँपालिकामा तीन हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १५० हेक्टर तथा बङगलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीले राससलाई बताउनुभयो ।

यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशङ्कर जात र कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका बीउ रोपाइँ गरिन्छ । त्यस्तै यहाँको स्थानीय तिल्की र सिम्ठारो धान पनि केही किसानले खेती गरेको पाइन्छ । गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।