४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन

लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण

लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंको सुकेधारामा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कर्णले इतिहासको चर्चा गर्दै नेपाली काँग्रेस कमजोर हुँदा देशको लोकतन्त्र र राष्ट्रियता समेत कमजोर हुने उल्लेख गर्नुभयो ।

पछिल्लो संसदीय निर्वाचनमा कांग्रेस ठूलो दल बन्न नसकेको र वर्तमान सरकारको पाँच महिनाको कार्यशैलीले मुलुकमा लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थालेको उहाँको भनाइ छ । पार्टी सुदृढीकरणका लागि शुरु गरिएको यो चिन्तन–मन्थन सुकेधारामा मात्र सिमित नभई पार्टी केन्द्रिय कार्यालय सानेपा, चुन्देवी र गाउँ–गाउँमा रहेका भुइँतहका कार्यकर्ता एवं किसानसम्म पु¥याइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता कर्णले यो अभियानलाई मेची–महाकाली सम्मै लैजाने उद्घोष गर्दै लाखौँ शुभचिन्तक र क्रियाशील सदस्यहरूको दबाब र शुभेच्छाले पार्टीलाई एकीकृत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न गुट र उपगुटमा रहेका पार्टीका अग्रज नेताहरूलाई एकताको सन्देश आत्मसाथ गर्न आग्रह गर्दै उहाँले यस अभियानले कार्यकर्तामा नयाँ ऊर्जा र बल प्रदान गर्ने दाबी गर्नुभयो । उहाँले इतिहाससँग संवाद गर्दै र वर्तमानलाई आत्मसाथ गर्दै उज्ज्वल भविष्यका लागि गम्भीर संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।