३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए

धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए
अ+ अ-

काठमाडाैँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र पछिल्लो समय मानवीय सेवाको उद्देश्यबाट विमुख भई बेवारिसे अवस्थामा पुगेको छ ।

करिव चार दशकअघि परोपकार र विपद् व्यवस्थापनका लागि स्थापना गरिएको यो केन्द्र अहिले चरम बेथिति र निष्क्रियताको प्रतीक बनेको छ । कुनै समय विपद्का बेला राहत सामग्री वितरणको केन्द्र बन्ने, एम्बुलेन्सको साइरन गुञ्जने र विभिन्न जीवनोपयोगी तालिम सञ्चालन हुने यो परिसर अहिले सुनसान छ ।

भवनका ढोकामा ताल्चा झुन्डिएका छन् भने मानवीय सेवाका लागि खरिद गरिएका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस लामो समयदेखि खुला आकाशमुनि प्रयोगविहीन अवस्थामा थन्किएर कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।

केन्द्रको स्थापना भएको दशकौँ बितिसक्दा पनि स्थानीय समुदायले यसबाट अपेक्षित लाभ पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय बासिन्दा धिरजकुमार महतोकाअनुसार रेडक्रसको बोर्ड देखेर आकस्मिक अवस्थामा रगत खोज्न आउने सेवाग्राहीहरू रित्तो हात फर्किन बाध्य छन् ।


उहाँले नर्सरी बाहेक अन्य कुनै सेवा समुदायले नपाएको र सो स्थानलाई आँखा अस्पताल वा अन्य उपयोगी स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ रेडक्रसको बोर्ड देखेर मानिसहरू रगतका लागि आउँछन्, तर यहाँ कुनै सेवा उपलब्ध छैन । हामीले उनीहरूलाई जनकपुर वा बर्दिबास जान सल्लाह दिनुपर्ने अवस्था छ ।’
त्यस्तै, लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाले विगतमा केही गतिविधि हुने गरे पनि अहिले सबै सेवा ठप्प भएको बताउनु भयो । उहाँले संस्थाभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्वको कमजोरीका कारण सेवा अवरुद्ध भएको संकेत गर्नुभयो ।
केन्द्रको रेखदेखमा खटिनुभएकी कर्मचारी जीवनदेवी कोईरालाकाअनुसार पनि निर्वाचनका बेलाबाहेक अन्य समयमा त्यहाँ कुनैपनि औपचारिक कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन भएका छैनन् ।


स्थानीयले लगाएको अर्को गम्भीर आरोप भनेको विपद्का बेला वितरण गर्न ल्याइएको राहत सामग्रीको दुरुपयोग हो । पीडितका लागि आएका चामल, दाल र तेल जस्ता अत्यावश्यक सामग्री समयमै वितरण नगरी गोदाममै कुहाइएको र पछि ती सामग्री खाडल खनेर गाडिएको स्थानीयको दाबी छ । मानवीय संवेदनासँग जोडिएको यस्तो विषयमा संस्थाको नेतृत्व उदासीन देखिएको उनीहरूको ठहर छ ।

जिल्ला कार्यसमितिको निष्क्रियता र कार्यसम्पादनमा प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयले धनुषा जिल्ला कार्यसमिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ ।

नवनियुक्त सभापति महतोले पदभार ग्रहण गरेलगत्तै बडहरी केन्द्रको स्थलगत निरीक्षण गर्दै संस्थाको वर्तमान अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले राहत सामग्री कुहाएर गाडिएको विषयमा विशेष छानबिन गर्ने र थन्किएका एम्बुलेन्स तथा बसलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो । केन्द्रलाई पारदर्शी, उत्तरदायी र पूर्ण रूपमा समुदायमुखी बनाउने योजनाका साथ नयाँ तदर्थ समिति अगाडि बढ्ने उहाँले बताउनु भयो ।


निरीक्षणका क्रममा सभापति महतोले भन्नुभयो, ‘करोडौँको संरचना र महँगा एम्बुलेन्सहरू यसरी थन्किएको देख्दा म अत्यन्तै दुःखी छु । रेडक्रस कसैको व्यक्तिगत सम्पत्ति वा गोजीको संस्था होइन । विगतमा भएका बेथितिहरूको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’
बडहरीको यो केन्द्र अहिले केवल भौतिक संरचनामा सिमित छ । यसको पुनःस्थापना र सेवा प्रवाहको सुनिश्चितता नयाँ नेतृत्वका लागि प्रमुख चुनौती र अवसर दुवै बनेको छ । मानवीय सेवाको केन्द्र मानिने यो थलो अहिले मौन रित्तो भवनहरूको समूहमा सीमित भएको छ । नयाँ नेतृत्वले केन्द्रलाई पुनर्जीवन दिने प्रतिवद्धता व्यक्त गरेसँगै स्थानीयले सेवा पुनः सुचारु हुने आशा राखेका छन् । –न्युज एजेन्सी नेपाल