२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति मिसनमा जाने सेनाको भत्ता बढ्यो (विज्ञप्ति सहित)



अ+ अ-

काठमाडौं । नेपाली सेनाबाट शान्ति मिसनमा जाने सैनिकको भत्ता वृद्धि गरेको छ । सैनिक ऐन २०६३ बमोजिम गठिन सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले भत्ता बढ्ने निर्णय गरेको हो।

सोमबार बसेको बैठकबाट मिसनमा गएका सिपाहीले प्रति महिना पाउने १०२९ अमेरिकी डलरमा ८५ डलर वृद्धि गरी १११४ डलर पुर्याएको छ भने गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १३७८ अमेरिकी डलर २१ डर वृद्धि गरी १३९९ डलर कायम गरिएको छ।

यसरी वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्न जान्छ।

व्ययभार बढ्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाले जनाएको छ। यसरी वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुनेछ।