१९ श्रावण २०८३, मंगलवार
,
Latest
हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति



अ+ अ-

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग कुनै विवाद नभएको स्पष्ट पार्नुभएको छ।

पाण्डेले  जारी गरेकाे विज्ञप्तिमार्फत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने क्रममा पर्खाल हटाउने विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको हो।

उहाँले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर अतुलनीय योगदान गर्दै आएको गौरवशाली संस्था भएको उल्लेख गर्दै सेनाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

पाण्डेका अनुसार सडक विस्तारको काम सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो। तर त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी समन्वय र छलफल गरी सेनाकै पूर्ण सहयोग तथा सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको हो।

उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि उहाँले स्पष्ट पार्नुभएको छ।

वास्तविकता नबुझी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, राज्यका संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्य नगर्न पनि पाण्डेले आग्रह गर्नुभएको छ।

राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेनालगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।