३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता

मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता
अ+ अ-

काठमाडाैँ ।  हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाले गत आर्थिक वर्षको महालेखापरीक्षकको लेखापरीक्षणमा बेरुजु रकम शून्य कायम गर्न सफल भएको छ। दैनिक आर्थिक कारोबारमा वित्तीय अनुशासन, पारदर्शिता र नियमसंगत प्रक्रिया अवलम्बन गर्दै गाउँपालिकाले बेरुजु शून्य बनाएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यालयमा हाजिर भएकै दिनदेखि आफ्नो कार्यकालमा गाउँपालिकाको बेरुजु शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धताअनुसार आर्थिक कारोबारमा आवश्यक प्रक्रिया र पारदर्शिता कायम गर्दै अघि बढेपछि बेरुजु शून्य बनाउन सफल भएको उहाँले बताउनुभयो।

गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्नुका साथै विगतका आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा असुलउपर गर्नुपर्ने पुराना बेरुजुसमेत फर्छ्यौट गरेको जनाएको छ।

लेखापरीक्षणका क्रममा औंल्याइएका कैफियतलाई समयमै नियमसंगत प्रक्रियामार्फत सम्बोधन गर्दै पुराना बेरुजु असुल तथा फर्छ्यौट गरिएको गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले वित्तीय अनुशासन र सुशासन कायम गर्न बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले बेरुजुको अस्थायी समाधानभन्दा पनि स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्न यसको स्थायी उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो।

आफूले कार्यभार सम्हालेको पहिलो दिन गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै लम्सालले आगामी दिनमा पनि निष्ठा, पारदर्शिता र दृढताका साथ कार्यसम्पादन गर्न सके स्थानीय तहमा वित्तीय अनुशासन र सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

नार्पाभूमि गाउँपालिकाको यो उपलब्धिले स्थानीय तहमा आर्थिक अनुशासन, पारदर्शिता र सुशासन कायम गर्न अन्य स्थानीय तहका लागि समेत अनुकरणीय सन्देश दिएको छ।