१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्स आन्तरिक हवाई उडानमा ५० प्रतिशत भाडा छुट दिने



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक हवाई उडानमा जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। पूर्ण सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई छुट दिने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसअघिनै सबै एयरलाइन्सले छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेपनि निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन्।

नेपाल एयरलाइन्सले हाल दैनिक औसत १० उडान गरिरहेको छ।