१८ श्रावण २०८३, सोमबार
,
Latest
धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते



अ+ अ-

किभ। युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

रुसी रक्षा मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना सशस्त्र बलहरूले रातभर किभका ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक) केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

मन्त्रालयकाअनुसार यो कारबाहीमा जमिन र समुद्रबाट प्रहार गरिने उच्च प्रविधिका हतियार तथा मानवरहित विमान (ड्रोन) हरुको प्रयोग गरिएको थियो ।

रुसले विशेषगरी किभ इलेक्ट्रोनिक इन्डस्ट्री एसेम्बली एन्ड कम्पोनेन्ट्स प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेको छ । उक्त उद्योगले युक्रेनको नेप्चुन–एमडी गाइडेड मिसाइल, एफपी–७ अपरेसनल–ट्याक्टिकल मिसाइलका साथै ग्रोम–२ मिसाइल प्रणालीका लागि आवश्यक विद्युतीय उपकरण र पाटपुर्जाहरू निर्माण गर्दै आएको थियो ।

युक्रेनी अधिकारीहरूले आक्रमणबाट भएको मानवीय क्षतिको पुष्टि गरेका छन् । किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यलाई घटनास्थलमै वा क्लिनिकहरूमा प्राथमिक उपचार प्रदान गरिएको छ ।

रुसले पछिल्लो समय युक्रेनका सैन्य र औद्योगिक पूर्वाधारहरूलाई लक्षित गरी हवाई आक्रमण तीव्र पारेको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल