४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता

इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता
अ+ अ-

काठमाडौँ। इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मुतियरा सन्तोसा–२ नामक उक्त जहाजमा कुल २ सय ७१ जना सवार थिए । जसमा २ सय ३२ जना यात्री र ३९ जना चालक दलका सदस्य रहेका थिए ।

सुराबायाबाट माकासारतर्फ जाँदै गरेको उक्त जहाज तटभन्दा करिव १९ नटिकल माइल (३५.२ किलोमिटर) टाढा रहेको अवस्थामा भीषण आगलागी भएको थियो ।

जहाजमा आगो फैलिएपछि यात्रीहरू उद्धारको पर्खाइमा जहाजको ब्रिज र अगाडिको भागमा जम्मा भएका थिए । दुर्घटनालगत्तै खटिएको संयुक्त खोज तथा उद्धार टोलीले हालसम्म २ सय २५ जनाको सकुशल उद्धार गरेको छ ।

उद्धार कार्यमा नजिकै रहेका अन्य जहाजहरू र थप सरकारी टोली परिचालन गरिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य अहिले पनि जारी रहेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल