२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ९८९ नासु र खरिदार पदका लागि ५१ हजारको आवेदन



अ+ अ-

काठमाडौं। गृह मन्त्रालयले स्थानीय तहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि नासु र खरिदार स्तरका पदमा ५१ हजार ३३० जनाले आवेदन दिएका छन् ।

गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नासु सरहको एमआईएस अपरेटर ९९४ जना मागेकोमा १८ हजार ६१ जनाको आवेदन परेको छ भने खरिदार सरहको फिल्ड सहायकका लागि ९९५ जनामा ३३ हनार २६९ जनाको आवेदन परेको विभागले जनाएको छ ।

आवेदन दिनेमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३८४ र ४४८, दोश्रोमा जनकपुर १८८ र २२७ तथा तेश्रोमा विराटनगर १२८ र १९५ जना छन् ।

उनीहरु सबैले अनलाइनबाट आवदेन दिएका हुन् ।

विभागले एमआईएस अपरेटरको पदमा आवेदन दिनका लगि कम्प्यूटर विषय लिएर प्रमाणपत्रतह उत्तीर्ण वा प्रमाणपत्र तह उत्तीर्ण गरेर कम्तिमा ६ महिनाको कम्प्युटर तालिम गरेको र फिल्ड सहायकका लागि एसएलसी वा सो सरह उत्तिर्ण गरेको व्यक्ति मागेको थियो ।

जागिरमा छनौट भएपछि करार अवधि बढीमा एक वर्षको रहने र त्यसपछि एकवर्ष थप सम्झौता गर्न सकिने जनाइएको छ ।