५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामै दुई करोडको मदिरा विक्री



अ+ अ-

बाजुरा । गरिबीको रेखामुनि रहेको बाजुरामा एक महिनामा दुई करोडको मदिरा कारोबार भएको छ। वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महिनामा दुई करोडभन्दा बढी मदिराको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ।

उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महिनामा कारोबार भएको छ।

व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम् एक महिनामा दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनले बताए।

जिल्लाभरि ८४१ ले मदिरा पसलको अनुमतिपत्र प्यान नम्बर लिएका छन्। आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोबार गरिरहेका जनाइएको छ।

जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मंगल थापाका अनुसार मासिक ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए। जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ।

जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ।