७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानलाई सबैले अपनत्व गर्नुपर्छ : मन्त्री कार्की



अ+ अ-

विराटनगर । प्रदेश नं. १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस-२०७६ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।

उपसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले समावेशिताका आधारमा बनेको यो संविधानले सबै नेपाली जनताका विचारको प्रतिनिधित्व गरेको छ उल्लेख गर्दै मौलिक अधिकार, रोजगारी, खाद्य सम्प्रभूता, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गरेको यो संविधानलाई सबैले सम्मान एवं अपनत्व गर्नुपर्छ भन्नुभयो ।

संविधान दिवसलाई भव्यता प्रदान गर्न प्रचारप्रसार उपसमिति, झाँकी व्यवस्थापन उपसमिति र मञ्च व्यवस्थापन उपसमिति बनेको र सबै समितिले गर्नुपर्ने काम पूरा भएको सो अवसरमा जानकारी गराइयो ।

असोज २, ३ र ४ गते भव्यरुपमा मनाउने यो दिवस ३ गते विराटनगर महानगरपालिकाको आदर्श माविमा हजारौं मानिस उपस्थित हुने र नगर परिक्रमा गरेर स्थानीय शहीद रङ्गशालामा पुगी एक समारोहकोबीच सम्पन्न हुने भनिएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्काउट, म अघि बढ्छु कार्यक्रमका विद्यार्थी, विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी, जनप्रतिनिधि, विभिन्न टोल सङ्गठनका प्रतिनिधि, नागरिक समाज, उद्योगी र व्यापारीको उल्लेखनीय सहभागित हुने भनिएको छ ।

समारोहमा नेपाली साहित्य, खेलकूद र पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व ब्याकुल माइला, मीरा राई र कामीरीता शेर्पालाई सम्मानसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।