१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानलाई सबैले अपनत्व गर्नुपर्छ : मन्त्री कार्की



अ+ अ-

विराटनगर । प्रदेश नं. १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस-२०७६ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।

उपसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले समावेशिताका आधारमा बनेको यो संविधानले सबै नेपाली जनताका विचारको प्रतिनिधित्व गरेको छ उल्लेख गर्दै मौलिक अधिकार, रोजगारी, खाद्य सम्प्रभूता, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गरेको यो संविधानलाई सबैले सम्मान एवं अपनत्व गर्नुपर्छ भन्नुभयो ।

संविधान दिवसलाई भव्यता प्रदान गर्न प्रचारप्रसार उपसमिति, झाँकी व्यवस्थापन उपसमिति र मञ्च व्यवस्थापन उपसमिति बनेको र सबै समितिले गर्नुपर्ने काम पूरा भएको सो अवसरमा जानकारी गराइयो ।

असोज २, ३ र ४ गते भव्यरुपमा मनाउने यो दिवस ३ गते विराटनगर महानगरपालिकाको आदर्श माविमा हजारौं मानिस उपस्थित हुने र नगर परिक्रमा गरेर स्थानीय शहीद रङ्गशालामा पुगी एक समारोहकोबीच सम्पन्न हुने भनिएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्काउट, म अघि बढ्छु कार्यक्रमका विद्यार्थी, विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी, जनप्रतिनिधि, विभिन्न टोल सङ्गठनका प्रतिनिधि, नागरिक समाज, उद्योगी र व्यापारीको उल्लेखनीय सहभागित हुने भनिएको छ ।

समारोहमा नेपाली साहित्य, खेलकूद र पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व ब्याकुल माइला, मीरा राई र कामीरीता शेर्पालाई सम्मानसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।