४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन

काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण

काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा ‘देश र काँग्रेस जोड्ने अभियान’ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कर्णले इतिहासले समेत यसलाई पुष्टि गरेको भन्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुनसरीको देवानगञ्जमा हालै भएको घटनाप्रति सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाउनुभयो । उक्त क्षेत्रमा लामो समयदेखि समस्या देखिए पनि जिल्ला प्रशासन, प्रहरी प्रशासन र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा अप्रिय घटना भएको उहाँको भनाइ थियो ।

झन्डै दुई तिहाइ समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भए पनि सरकारले जनतामाथि गोली चलाउनु विडम्बनापूर्ण भएको नेता कर्णले बताउनुभयो । प्रधानमन्त्रीले समयमै संसद् र जनतासँग संवाद गरेको भए प्रशासनले पनि जनतासँग संवाद गरी समस्या समाधान गर्न सक्ने उहाँको भनाइ थियो ।

धार्मिक सहिष्णुता कायम राख्दै वर्तमान समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिँदै नेता कर्णले अहिलेको परिस्थितिलाई राजनीतिकरण नगरी सबै नेपाली एकजुट भएर देश जोगाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जब–जब काँग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तब–तब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ ।’

नेता कर्णले विगतमा काँग्रेसबाट केही कमजोरी र गल्ती भएको भए त्यसबाट पाठ सिकेर अब पार्टी सुध्रिनुपर्ने र बदलिनुपर्ने बताउनुभयो । देशलाई अगाडि बढाउन युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले पार्टीभित्रको एकता र सुदृढीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

‘हामी नेपाली काँग्रेसका जिम्मेवार साथीहरू हौँ । अहिले हामी यो विषयलाई राजनीतिकरण गर्न चाहँदैनौँ । सम्पूर्ण नेपाली एक ठाउँमा उभिनुपर्छ । देश जोगाउनुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।