४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
Police inspect the wreckage of a plane that crashed during a sightseeing flight carrying tourists over the Nazca Lines in Peru, Saturday, Aug. 1, 2026. (AP Photo/Genry Bautista)
अ+ अ-

काठमाडाैँ । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।

नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत नाज्का लाइन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ । नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो ।

जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ । पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेर समूहका सात इटालियन, ५२ वर्षका दुई स्पेनी तथा ७७ र ७८ वर्षका दुई जर्मन नागरिकको मृत्यु भएको छ । साथै, पाइलट अमेरिको सालाजार र सहपाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नाज्का विमानस्थलको अस्थायी सञ्चालन स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताउनुभएको छ । पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।