३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

 नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा

 नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा
अ+ अ-

काठमाडौं । बजारमा नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले त्यस्ता उत्पादनको बिक्री–वितरण तत्काल रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ।

मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका ती उत्पादनको गुणस्तर तथा मौलिकता परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ।

मन्त्री यादवले नक्कली उत्पादनको कारोबार उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउनुभएको छ। उहाँले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन र दोषी पाइए कानुनबमोजिम कडा कारबाही गर्न विभागलाई निर्देशन दिनुभएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटाले बजारमा अझै पनि केही नक्कली उत्पादन बिक्री–वितरण भइरहेको सूचना प्राप्त भइरहेकाले विभागले नियमित रूपमा बजार अनुगमन गरिरहेको बताउनुभएको छ।

उहाँका अनुसार नियन्त्रणमा लिइएका उत्पादनको प्रयोगशाला परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादन तथा व्यवसायीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

विभागले शंकास्पद वा नक्कली उत्पादन बिक्री–वितरण भइरहेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बजारमा नक्कली उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।