३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा 

मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा 
अ+ अ-

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएकाे छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको दुईदिने ह्याकाथन अगस्ट १ (आज)  र २ गतेसम्म सञ्चालन हुनेछ ।

युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदैछन् । १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित गरिएको कार्यक्रममा सहभागी टोलीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड प्रविधिको प्रयोग गरी नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गर्नेछन् ।

ह्याकाथनमा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छवटा विषयगत क्षेत्रमा नवीन समाधान विकास गर्न सहभागी टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रमका क्रममा सहभागी टोलीलाई सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले प्रत्यक्ष मार्गदर्शन गर्नेछन् । आयोजकका अनुसार प्रोशोर, पिनाकिन टेक्नोलोजिज र जेनेसेलगायतका आईटी कम्पनीका विज्ञले सहभागीलाई प्राविधिक तथा व्यावहारिक पक्षमा आवश्यक सहयोग र परामर्श दिनेछन् ।

मिड–भ्याली इन्टरनेसनल कलेजका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको दूरी कम गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

उहाँले नेपालको आगामी दशकको विकासमा युवा नवप्रवर्तकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योग क्षेत्रका अनुभवी विज्ञसँग प्रत्यक्ष सहकार्य गर्ने अवसरले युवालाई देशका वास्तविक समस्या समाधान गर्ने प्रविधिमा आधारित समाधान विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

ह्याकाथनको अन्तिम दिन आइतबार सहभागी टोलीले आफूले तयार पारेका न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् । अन्तिम प्रस्तुतिको मूल्याङ्कन टेक उद्यमी तथा सिटीटेकका संस्थापक साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका प्रबन्ध निर्देशक तथा ग्लोबल इक्विटी फन्डका अध्यक्ष मनिष खेम्का र खल्ती (आईएमई खल्ती लिमिटेड) का सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि रहेको छ । कार्यक्रममा अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी र प्रोशोर नेपाल प्रालिलगायतका संस्था तथा प्रविधि क्षेत्रका साझेदारको सहयोग रहेको छ ।

आयोजकका अनुसार ह्याकाथनका गतिविधि तथा सहभागी टोलीको प्रगति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने विजेताको घोषणा आइतबार साँझ गरिनेछ ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको मिड–भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन तथा हस्पिटालिटीसम्बन्धी स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले व्यावहारिक तथा उद्योगमैत्री शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।