४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल

मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल
अ+ अ-

काठमाडौँ। प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।

समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गर्नुभएको हो ।

मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उहाँले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँ अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताउनु भयो । समस्याको शिथिलीकरण समाधान नभएको उहाँको दाबी छ ।

राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हा¥यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तरघात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिर गर्नुभयो ।

उहाँले अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझे पनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताउनु भयो । विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताउनु भयो । खनालले हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारी समेत दिनुभयो ।

प्रा.खनालले भन्नुभयो, ‘कुनैपनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन । हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ । तर हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ । हाम्रो समाजमा तथ्य र अनुसन्धानमा आधारित राजनीतिक बहसको संस्कार कमजोर छ । विश्वविद्यालयहरूमा पनि अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा शिक्षण र अनुसन्धानबीचको सम्बन्ध बलियो बन्न सकेको छैन । अहिले नेपाल बहुसंकटको अवस्थामा छ । समस्या एकपछि अर्को गर्दै आइरहेका छन् तर तिनको दीर्घकालीन समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ । समस्या र संकट फरक कुरा हुन् । समस्या समाधान गर्न सकिन्छ तर जब विद्यमान संस्था, प्रक्रिया र उपायहरूले समाधान दिन सक्दैनन्, त्यही अवस्था संकट हो ।’

प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तब मात्र त्यसले संकटको रूप लिने गर्दछ । उहाँले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थर मात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिन सक्ने चेतावनी दिनुभयो । –न्युज एजेन्सी नेपाल