४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी

गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गर्नुभएको छ ।

बिहीवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन गर्ने दिशामा एक निर्णायक कदमका रूपमा व्याख्या गर्नुभएको छ ।

उक्त नयाँ सरकारले प्यालेस्टिनी जनताको हितका लागि ’बोर्ड अफ पिस’ सँग निकट रहेर कार्य गर्ने उहाँले बताउनु भयो । ‘यस सम्झौतापछि इजरायलले स्थायी सुरक्षाको अनुभूति गर्नेछ र गाजा अब उप्रान्त आतङ्ककारी आक्रमणको आधार क्षेत्रका रूपमा रहने छैन’ ट्रम्पले उल्लेख गर्नुभएको छ ।

ट्रम्पकाअनुसार यो सम्झौता विभिन्न चरणहरूमा कार्यान्वयन गरिनेछ । निशस्त्रीकरणको प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने र गाजाको सुरक्षाको जिम्मेवारी नयाँ प्यालेस्टिनी प्रहरी बलसँगको समन्वयमा ‘अन्तर्राष्ट्रिय स्थिरता बल’ (इन्टरनेसनल स्टेबिलाइजेसन फोर्स) ले लिने उल्लेख गरिएको छ ।

यस सम्झौतालाई सफल बनाउन मिस्र (इजिप्ट), कतार र टर्कीले मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरेको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभयो । यद्यपि, हमासको तर्फबाट भने यस सम्झौताको बारेमा हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया आएको छैन ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल