१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अनुरोधलाई पाकिस्तानले गर्यो अस्वीकार



अ+ अ-

इस्लामावाद । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा पाकिस्तानले भारतको एक अनुरोधलाई अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो तर पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी जाँदैछन् । र मोदी सवार विमानका लागि भारतले पाकिस्तानसँग हवाई मार्ग उपलब्ध गराउन सो अनुरोध गरेको थियो । पाकिस्तानले पछिल्लो समय भारतबाट उडान भर्ने सबै विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरिसकेको छ ।

पाकिस्तानले हवाई मार्ग उपलब्ध नगराउँदा उडान पाकिस्तानी वायुक्षेत्र भन्दा बाहिरबाट उड्नुपर्ने बाध्यता हुनेछ जस कारण विमानको उडान समय र लागत खर्च बढी हुने पाईएको छ । कश्मीरको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मोदीको उडानका लागि हवाई मार्ग उपलब्ध गराउन नसकिने जवाफ भारतीय उच्चायोगलाई दिएको पाकिस्तानी विदेशमन्त्रीको भनाइ रहेको थियो ।