५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौँ । विसं. २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

“स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, सिंहले भने । पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने ।

उनले दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको उल्लेख गरे । वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको बताए । काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताए ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताए । उनले गणेशमान सिंह पदका लागि भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताए । कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरे ।