७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौँ । विसं. २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

“स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, सिंहले भने । पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने ।

उनले दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको उल्लेख गरे । वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको बताए । काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताए ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताए । उनले गणेशमान सिंह पदका लागि भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताए । कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरे ।