७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले गरे खुल्ला रुपमा रेलमा यात्रा, मानिसहरुले चिन्न सकेनन्



अ+ अ-

काठमाडौं । बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा बोससँग यात्रा गर्यौं ।’

भिडियोमा अक्षय कुमार भनिरहेका छन्, ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो । मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहेको थियो । मेरा साथी मेरो फिल्म ‘गुड न्यूज’ का निर्देशक हुन् । उनले मलाई मेट्रोबाट जाने बताए । मैले भीडभाड हुने बताएपनि उनले हेरौं न जाऔं भने । त्यसपछि मैले पनि ल त जोखिम मोलौं भनेँ । म एक–दुईजना सुरक्षाकर्मीसहित चुपचाप यता बसिरहेको छु ।’ बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा बोससँग यात्रा गर्यौं ।’

भिडियोमा अक्षय कुमार भनिरहेका छन्, ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो । मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहेको थियो । मेरा साथी मेरो फिल्म ‘गुड न्यूज’ का निर्देशक हुन् । उनले मलाई मेट्रोबाट जाने बताए । मैले भीडभाड हुने बताएपनि उनले हेरौं न जाऔं भने । त्यसपछि मैले पनि ल त जोखिम मोलौं भनेँ । म एक–दुईजना सुरक्षाकर्मीसहित चुपचाप यता बसिरहेको छु ।’

अक्षयले २ घण्टाको यात्रा २० मिनेटमा गरेको बताए । उनले उक्त यात्रा आफूले निकै रमाइलो लागेको बताए । अक्षयले यसैबीच मेट्रोको अवस्था पनि देखाए जसमा मानिसहरु खचाखच भरिएका थिए । उनले भने, ‘मलाई लाग्छ कि यो एउटा यस्तो यातायात हो जुन निकै अग्लो छ त्यसकारण जमिनमा जतिसुकै पानी भएपनि यो प्रभावित हुनेछैन,’ उनले यो विशेष आइडियाका लागि राजलाई धन्यवाद पनि भनिन् ।

स्मरण रहोस्, अक्षय कुमार फिल्म ‘गुड न्यूज’ मा करिना कपुर खानसँगै देखिनेछन् । यो फिल्मको सुटिङको बेलाका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएका थिए । तस्बिरमा करिना कपुर खानलाई गर्भवतीको रुपमा देखाइएको थियो ।