काठमाडौं । विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने तोलामा ६ सय रुपैयाँले घटेको छ ।
विगत तिन दिन देखी ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।