५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको वडा कार्यालयमा आगजनी



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।