१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देशका विभिन्न स्थानमा विकसित पछिल्लो परिस्थितिका बीच सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले धार्मिक अगुवाहरूसँग छलफल गर्नुभएको छ।

शुक्रबार सिंहदरबारस्थित रास्वपाको संसदीय दल कार्यालयमा भएको छलफलमा मौलाना नरुल हुसेन, मोहम्मद खालिद, विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयाल सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा सभापति लामिछानेले सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सम्बन्धित समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न धार्मिक अगुवाहरूसँग आग्रह गर्नुभएको छ।

उहाँले सबै पक्षलाई संयमता अपनाउँदै संवाद र सहकार्यका माध्यमबाट वर्तमान परिस्थितिको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको बताइएको छ।




भर्खरै