७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह

सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीलगायत देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले यस्ता घटनाले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पार्न सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो।

भण्डारीले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको तथा केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै भण्डारीले विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपाली समाजको महत्वपूर्ण शक्ति भएको बताउनुभएको छ।

उहाँले वर्तमान संवेदनशील परिस्थितिमा अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिबाट टाढा रहन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने उहाँको भनाइ छ।

भण्डारीले नेपाल सरकार, प्रशासन तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न आग्रह गर्नुभएको छ। साथै, पीडितलाई न्याय दिलाउन तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक कदम चाल्न उहाँले सरकारसँग माग गर्नुभएको छ।

विभिन्न राजनीतिक दल तथा कोशी प्रदेश सरकारको पहलमा सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्ष सक्रिय हुनुपर्ने निष्कर्षप्रति स्वागत जनाउँदै उहाँले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष थप जिम्मेवार र सक्रिय बन्नुपर्ने बताउनुभएको छ।

भण्डारीले राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र सम्पूर्ण नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण तथा प्रवर्द्धनका लागि जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ।