१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सुशासनका लागि राजनीतिक दलहरूबीच एकतावद्ध पहल हुनुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज स्थिति सिर्जना गरेको भन्दै त्यसबारे संसदमा स्पष्टीकरण दिन माग गर्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु लोकतान्त्रिक परम्परा भएको उल्लेख गर्दै यस प्रक्रियालाई नभाँच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिँदा उहाँको कद सानो नहुने बरु अझ उच्च हुने बताउनु भयो ।  प्रतिपक्षसँग संवाद गर्दा र संसद्लाई जवाफ दिँदा प्रधानमन्त्रीको गरिमा बढ्ने बताउनु भयो । उहाँले अनुभवीको सल्लाह मान्नुपर्ने आशय व्यक्त गर्दै ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको’ भन्ने उखानसमेत उद्धृत गर्नुभयो ।

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दाहालले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भुमिका र क्रियाकलाप महत्वपूर्ण हुने बताउनु भयो । उहाँले रास्वपाका माननीय सदस्यहरूलाई सम्बोधन गर्दै मुलुकको भविष्य कता लैजाने भन्ने विषयमा जिम्मेवार हुन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले रास्वपा सभापति रवि लामिछानेले राजनीतिक सहकार्यको नयाँ संस्कार अगाडि बढाउन खोजेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो । मुलुकमा देखापरेका वर्तमान चुनौती र घटनाक्रमहरूको समाधानका लागि सहकार्यको प्रक्रियामार्फत अगाडि बढ्न उहाँले सबै पक्षसँग अपिल गर्नुभयो ।