१४ आश्विन २०८१, सोमबार
,
Latest
सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा. डा. दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ । राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।

यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ । आज मुलुकभर विभिन्न कार्यक्रमसहित हर्षोल्लासपूर्वक चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ ।