१४ आश्विन २०८१, सोमबार
,
Latest
सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा शुभकामना व्यक्त



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मुख्यमन्त्री शाहीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधान दिवस, २०७६ को विशेष अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु ।” नेपाली जनताले दशकौँ लामो समयदेखि सशस्त्र तथा निःशस्त्ररुपमा सञ्चालन गरेका बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप भएको संविधान दिवसलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले यो विशेष अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि ज्यानको आहुति दिने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायत सबैखाले जनसङ्घर्षका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

कर्णाली प्रदेशको जीवनरेखाका रुपमा रहेको जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माण गर्न चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन पूरा गरी निर्माणको पहल लगायतका आशालाग्दा काम गर्न प्रदेश सरकार सफल भएको मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रदेश सरकारको यो अटोठ पूरा गर्न कर्णालीवासी जनसमुदायको साथ र सहयोग रहने विश्वास लिएका मुख्यमन्त्री शाहीले अन्त्यमा आजको दिनले राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।