१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम



अ+ अ-

दमौली । ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो ।

विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायत ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य हुने गरेका थिए । ज्येष्ठ नागरिकको अवस्था देखेर आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको समूहका उपाध्यक्ष विष्णु गौतमले जानकारी दिए

“दिउँसो ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस ग¥यौँ, उहाँहरु अन्यत्र गई दिन कटाउन थाल्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ ।” गौतमका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । “अब ज्येष्ठ नागरिकलाई दिन कटाउन अन्यत्र जानु पर्दैन, आधारभूत सुविधासहितको आश्रम निर्माण गरेका छौँ”, गौतमले भने ।

यहाँका ज्येष्ठ नागरिकले एक्लोपन महसुस गरेर विगतमा आत्महत्यासम्म गरेको घटना छ । “एक्लोपन महसुस हुँदा विगतमा ज्येष्ठ नागरिकले आत्महत्या गरेको तीतो घटना हामीमाझ छ”, गौतमले भने, “त्यही कारण पनि आश्रम सञ्चालन गर्ने सोच बनायौँ ।” सङ्कृतन समूहले २०७२ सालदेखि कृष्णाष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट दुई तले आश्रम निर्माण गरिएको समूहका सचिव शरण खनालले जानकारी दिए । भवन बनाउँदा रु ३५ लाख खर्च भएको छ ।

दिवाकालीन आश्रममा ज्येष्ठ नागरिकलाई भुलाइराख्ने वातावरण सिर्जना गर्न भजनकीर्तन र टेलिभिजनको व्यवस्था गरिनेछ । साथै सोही ठाउँमा नै उद्यान निर्माण गर्ने लक्ष्य छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आश्रम बनाउन रु आठ लाख सहयोग गरेको बताए ।