५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ सरकारले भव्य रुपमा मनायो संविधान दिवस



अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारले संविधान दिवस भव्य रुपमा मनाएको छ ।

शुक्रबार बिहाना मुख्यमन्त्री लालबाबु राउतसहित सरकारी कर्मचारी, प्रहरी र नेपाली सेनाका उच्च अधिकारी सम्मिलित समूहले जानकी मन्दिरदेखि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म प्रभातफेरी गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलका अनुसार प्रभातफेरीका क्रममा नेपाली सेनाका जवानले बाजा बजाएर जनकपुर सहर परिक्रमा गरेका थिए ।

प्रभातफेरीपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा नेपाली सेना र प्रहरीले राष्ट्रिय झण्डालाई सलामी दिएर संविधान दिवस मनाएको थियो ।

तर यस कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु भने सहभागि भएका थिएनन् ।