२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ सरकारले भव्य रुपमा मनायो संविधान दिवस



अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारले संविधान दिवस भव्य रुपमा मनाएको छ ।

शुक्रबार बिहाना मुख्यमन्त्री लालबाबु राउतसहित सरकारी कर्मचारी, प्रहरी र नेपाली सेनाका उच्च अधिकारी सम्मिलित समूहले जानकी मन्दिरदेखि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म प्रभातफेरी गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलका अनुसार प्रभातफेरीका क्रममा नेपाली सेनाका जवानले बाजा बजाएर जनकपुर सहर परिक्रमा गरेका थिए ।

प्रभातफेरीपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा नेपाली सेना र प्रहरीले राष्ट्रिय झण्डालाई सलामी दिएर संविधान दिवस मनाएको थियो ।

तर यस कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु भने सहभागि भएका थिएनन् ।