५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पृथ्वीराज’मा सञ्जय दत्त खलनायक



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘पृथ्वीराज’ को घोषणा गरेका छन् । यो फिल्ममा उनी हिन्दु सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन्।

यशराज ब्यानरले निर्माण गर्ने फिल्म पृथ्वीराजको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गर्दैछन्। फिल्मका कलाकारको नाम घोषणा हुँदा निर्माण पक्षले सञ्जय दत्तको नाम सार्वजनिक गरेको थिएन। तर, अहिले आएर यो पृथ्वीराजमा सञ्जयले खलनायकको भूमिका निर्वाह गर्ने पक्का भएको बताइएको छ।

अक्षयसँगै सञ्जयको भूमिका पनि उत्तिकै सशक्त हुने निर्माण पक्षले बताएको छ। सञ्जयले पनि यो समाचारको पुष्टि गर्दै आफू फिल्म पृथ्वीराजमा अनुबन्ध भएको बताएका छन्।

सञ्जयले आउँदै गरेको फिल्म ‘प्रस्थानम’ को प्रमोसनका क्रममा आफू पृथ्वीराजमा अनुबन्ध भएको बताए पनि कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारेमा भने केही खुलाएका छैनन्।

फिल्म पृथ्वीराजबाट मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्ने बताइएको छ।