१६ असार २०८३, मंगलवार
,
Latest
परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो वृक्षारोपण कार्यक्रम



अ+ अ-

ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिमा रहेका ट्रि गार्डहरुमा विभिन्न फलफूलका करिब २०० विरुवा रोपेको छ ।

कार्यक्रमका का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत विशिष्ठ पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीयवासीको ठूलो सहभागिता रहेको थियो ।

साथै बैंकले संविधान दिवसकै अवसरमा उपत्यकामा वाकाथन को पनि आयोजना गरेको छ । बैंकको कर्पोरेट कार्यालयदेखि सुरुभएको वाकाथनमा बैंकका कर्मचारीको सहभागिता रहेको थियो ।

यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।