४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
तस्बिर: एपी
अ+ अ-

लेज–क्याप फेरेट।  दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ ।

तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास बिफल हुने जोखिम बढेको छ ।

गिरोन्ड क्षेत्रका अधिकारीले रातका कारण आगो थप फैलिन नपाएपनि बढ्दो तापक्रम र तीव्र हावाले डढेलो पुनः फैलिन सक्ने चेतावनी दिएका छन् ।

लेजस्थित कमान्ड सेन्टरमा अग्निनियन्त्रकहरूले डढेलोको अवस्थाबारे नक्सामार्फत निगरानी गरिरहेका छन् । उनीहरूले उत्तरी क्याप–फेरेट, मार्चेप्राइम, सेस्टास र सेन्ट–जिन–डिलाक आसपासको वन क्षेत्र तथा मार्टिग्नास नजिकैको सैन्य क्षेत्रलाई उच्च जोखिमकारूपमा पहिचान गरेका छन् । मार्टिग्नासमा आगोको नयाँ प्रकोप देखिएपछि ठूलो सङ्ख्यामा अग्निनियन्त्रक परिचालन गरिएको छ ।

फ्रान्सका विभिन्न क्षेत्र तथा युरोपेली साझेदारबाट आएका टोलीसहित दुई हजार २०० अग्निनियन्त्रक र २० भन्दा बढी विमान डढेलो नियन्त्रणमा परिचालन गरिएका छन् ।

“धुवाँको मुस्लो देखिनासाथ हामी तीव्र र प्रभावकारी रूपमा कारबाही गर्छौँ,” गिरोन्डका अग्नि नियन्त्रण कमान्डर म्याथ्यु जोमेनले भन्नुभयो ।

डढेलो चरम अवस्थामा पुगेका बेला करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसयता हजारौँलाई घर फर्कन अनुमति दिइए पनि खतरा अझै कायम रहेको अधिकारीले बताएका छन् ।

अत्यधिक गर्मीले वनस्पतिमा रहेको चिस्यान घटाउँदा घाँस, झाडी तथा जङ्गलको भुइँमा जम्मा भएका पातपतिङ्गर छिटो बल्ने इन्धनमा परिणत हुन्छन् । तीव्र हावाले आगो नियन्त्रणका लागि बनाइएका खाली क्षेत्रमा समेत आगोका झिल्का उडाएर नयाँ ठाउँमा डढेलो फैलाउने गरेको अधिकारी बताएका छन् ।

फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवा ‘मेटियो–फ्रान्स’ले बुधबार यस साताकै सबैभन्दा तातो र सुख्खा दिन हुने तथा देशभर डढेलोको जोखिम उच्च रहने जनाएको छ । मुख्य भू–भाग र कोर्सिकामा खडेरीको अवस्था रहेको तथा माटोको सुख्खापन सन् २०२२ को अगस्टमा देखिएको कीर्तिमानी स्तरनजिक पुगेको बताएको छ ।

ल्यान्डेस र वारमा लागेको डढेलो फैलावट नियन्त्रणमा आएपछि गिरोन्डेको फ्रान्समा बाँकी रहेको सबैभन्दा ठूलो डढेलो बनेको गृहमन्त्री लरेन्ट नुनेजले बताउनुभएको छ ।
गिरोन्डे र ल्यान्डेसमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण दुवै क्षेत्रमा वायु प्रदूषणको समस्या देखिएको क्षेत्रीय वायु गुणस्तर अनुगमनकर्ताले बताएका छन् ।

गिरोन्डे अधिकारीले मङ्गलबार एट्लान्टिक तटका पर्यटकीय क्षेत्रबाट थप चार हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएका थिए । यससँगै डढेलोका कारण विस्थापित हुनेको सङ्ख्या थप बढेको छ । यद्यपि, आगोबाट प्रभावित नभएका बोर्डोका तीन उपनगरमा करिब ६० हजार मानिसलाई घर फर्कन अनुमति दिइएको छ ।

गिरोन्डेका प्रिफेक्ट सोफी ब्रोकासले अवस्था अझै जटिल रहेको बताउँदै जोखिम पूर्ण रूपमा नटरेको चेतावनी दिनुभयो ।

डढेलोको चरम अवस्थामा फ्रान्स र स्पेनमा गरी करिब तीन लाख ३० हजार मानिसलाई घर तथा पर्यटकीय क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो । स्पेनमा पनि गर्मीको चौथो लहरको सामना गर्ने तयारी भइरहेका बेला धेरै डढेलो अझै नियन्त्रणबाहिर छ ।

गिरोन्डेको डढेलो चरम अवस्थामा पुग्दा आगोबाट बनेको कालो बादलभित्र विद्युतीय चमकसहित तीव्र हावा चल्ने र नयाँ स्थानमा समेत आगो फैलिने अवस्था देखिएको थियो । ‘पाइरोकुमुलोनिम्बस’ भनिने यस्तो घटना फ्रान्समा पहिलोपटक अभिलेख गरिएको अधिकारीले बताएका छन् ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार यस वर्ष देशभर एक हजार १६० वर्ग किलोमिटरभन्दा बढी भू–भाग डढेलोबाट प्रभावित भएको छ ।

युरोपेली सङ्घको कोपर्निकस जलवायु सेवाका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश हो । पश्चिमी युरोपले जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको थियो। अत्यधिक गर्मी र व्यापक सुख्खापनले फ्रान्स तथा स्पेनमा डढेलो फैलिन र तीव्र हुन सहयोग पुगेको कोपर्निकसले जनाएको छ । (रासस/एपी)