२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानलाई संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताउनुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी सबैको संविधान बनाउने वातावरण निर्माणको खाँचो औँल्याउनुभयो ।

‘‘विसं २०७२ मा आफू संविधानसभाको सदस्य रहँदा संविधान लेखन समितिमा भएका बेला मधेशका मुद्दा, समस्याको समाधानबारे पटकपटक सम्बोधन गर्न सुझाव दिए पनि त्यसलाई गौण बनाई हुन्छ, हुँदैन भन्ने विधिमा लगियो’’, उहाँले भन्नुभयो, ‘‘सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कमजोर बनाई सङ्घीयतामाथि नै प्रहार गर्ने काम भएको छ । संविधानका कमजोर पक्षलाई संशोधन गरी सबल र सर्वस्वीकार्य बनाउनु पर्दछ ।’’

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेशीलाई विदेशी ठान्ने मनोविज्ञान रहेसम्म संविधान सर्वस्वीकार्य हुन सक्दैन भन्दै संशोधन गरी संविधानबाट मधेशीको आत्मसम्मान स्वाभिमानको रक्षा गर्नु जरूरी भएको धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार किशोर नेपालले संविधानमा मधेशको मुद्दा सम्बोधन हुन नसकेका कारण मधेशी जनतामा असन्तुष्टि र पीडा छ भन्दै त्यसबाट भोलि आन्दोलन र विद्रोहको अवस्था आउन नदिन समयमै नेताहरूले विचार पुर्याउनु आवश्यक रहेको बताउनुभयो ।