१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिने शोक कार्यक्रम घोषणा गरेको छ।

आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। कांग्रेसले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ।

कांग्रेसका अनुसार ७९ वर्षीय श्रेष्ठको श्रावण १२ गते ललितपुरस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री तथा १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुनुहुन्थ्यो।

विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उहाँले करिब ६ वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो।

श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्य तथा २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँले उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। उहाँ नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत हुनुहुन्थ्यो।

बैठकले उहाँको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेको छ।

कांग्रेसले शोक कार्यक्रमअन्तर्गत श्रावण १३, १४ र १५ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने, श्रावण १४ गते सबै पार्टी कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा १३औँ दिन गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गर्ने निर्णय गरेको छ।