४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल

संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल
अ+ अ-

काठमाडाैँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको बताउनुभएको छ ।
मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट वञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालले बताउनु भयो । सरकारले संसदमा प्रश्तुत गर्नका लागि १ सय ६६ वटा विधेयकहरूको सूची बुझाएको उल्लेख गर्दै उहाँले यस पटक संसदले पर्याप्त कार्यभार (बिजनेस) पाउने जानकारी दिनुभयो । सदनमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र सभामुखको भुमिकालाई लिएर गरिरहेको विरोधका सम्बन्धमा सचेतक धितालले संसदीय अभ्यास ‘सिक्दै र सुधार्दै’ लैजाने प्रक्रिया भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसका कारण हाम्रो व्यस्तता अझ बढ्ने देखिएको छ । ती विधेयकहरू हालसम्म वेबसाइटमा अपलोड भइनसके पनि सरकार ल्याउने तयारीमा छ । हामी संसदीय अभ्यासमा कतिपय कुराहरू नयाँ छौँ । पुराना खराब अभ्यासहरूलाई छोडेर नयाँ र सकारात्मक पद्धति अवलम्बन गर्ने क्रममा केही त्रुटिहरू देखिएका हुन सक्छन् । ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ ।’

सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतिपक्षी दलहरूलाई समेत विश्वासमा लिएर सरकार सबैको साझा हो भन्ने वातावरण निर्माण गर्न आफूहरू लागिपरेको धितालको भनाइ छ ।–न्युज एजेन्सी नेपाल